गाडी भाडा बढाउन सरकारलाई २५ गतेसम्मको अल्टिमेटम

सरकारले भाडा नबढाए आफै बढाउने यातायात व्यवसायीहरुको चेतावनी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई फाल्गुन २५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
फाल्गुन २५ गतेसम्म सरकारले भाडा बढाउने निर्णय नगरेमा आफैंले बढाउने यातायात ब्यवसायीहरुले निर्णय गरेका छन् ।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने बताए ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ ।
महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताए ।
उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए ।
यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ ।
उनले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए । सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गरे ।
सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे ।
उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गरे ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताए ।
पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।
सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

















गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
प्रतिक्रिया