आइतबार, वैशाख २७, २०८३

कांग्रेसका १६ जिल्लामध्ये ८ को नेतृत्वमा टुङगो लाग्यो, पाँचको आज मतदान

६९ जिल्लामा कांग्रेस अधिवेशन सकियो

मेरोन्यूज २०७८ फागुन २३ गते १२:२२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत १६ जिल्लाको अधिवेशन जारी छ । गत पुसअघि नै ६१ जिल्लाको अधिवेशन सकिएको थियो । भने अधिवेशन हुन रोकिएका १६ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व चयन भइसकेको केन्द्रीय निवार्चन समितिले जनाएको छ ।

Advertisement
NiccNicc

आठमध्ये चितवन, बाँके,सिन्धुली र नवलपुरमा डा. शेखर कोइराला पक्षले जितेको छ भने कैलाली, मकवानपुर र पर्सामा शेरबहादुर देउवा (संस्थापन) समुहले जितेको छ । महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले भने आफू कुनै पक्षको नभइ कांग्रेसमात्र भएको बताउँदै आएका छन् । संस्थापन इतर (डा. शेखर कोइराला) पक्षले चितवन, सिन्धुली, बाँके र नवलपुरमा जितेको छ।
रोकिएका आठ वटा जिल्लामध्ये ५ जिल्लाको अधिवेशन आज हुदैछ । चार जिल्ला धनुषा, सिराहा, सर्लाही र रौतहट रहेका छन्।

आईतबार अछाममा पहिलो चरणको चुनावबाट नेतृत्वका लागि तीन उम्मदेवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि प्रतिस्पर्धा भइरहेको छ । सहमतिको प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि मतदान भइरहेको छ ।

हालसम्म निर्वाचन समपन्न जिल्लामा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन्। भने ३२ जिल्ला रामचन्द्र पौडेल र शेखर कोइराला समुहले जितेको छ ।

आज पाँच जिल्लाको निर्वाचन
आज एकैदिन पाँच जिल्लाको नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज अछामसहित मधेसका चार जिल्ला सिराहा, धनुषा,सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

१४ औं महाधिवेशन हुनुअघि १६ मध्ये मधेस प्रदेशका सबै आठ जिल्लाको अधिवेशन हुन बाँकी रहेको थियो । धनुषामा त्रिपक्षीय भिडन्त हुँदैछ ।

देउवा पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधी पक्षबाट योगेन्द्र पञ्जियार र डा. शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा उत्रेका हुन् ।

सिराहामा पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव संस्थापन र चौधरी संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।

सर्लाही सभापतिका लागि देउवा (संस्थापन ) पक्षबाट सुरेन्द्रप्रसाद सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा छन् ।

रौतहट सभापतिका लागि संस्थापन पक्षबाट सुनिलकुमार यादव (जितेन्द्र) र संस्थापन इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा उत्रेका छन् ।
अन्य तीन जिल्लाको अधिवेशन पनि यसै साता सक्ने
सप्तरी र बारा र सिन्धुपाल्चोकको यसै साता निर्वाचन सकिएर नेतृत्व चयन भइसक्ने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केसब रिजालले बताए ।
रिजालका अनुसार सप्तरीमा मंगलबार र बारामा बुधबार निर्वाचन हुँदैछ । सिन्धुपाल्चोकमा २६ वा २७ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया