आइतबार, वैशाख २७, २०८३

माओवादीको बैठक शुरु

मेरोन्यूज २०७८ फागुन २३ गते १३:०५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुरु भएको छ । काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केही वेर अगाडीबाट बैठक शुरु भएको केन्द्रीय सदस्य रामकुमारी चौधरीले जानकारी दिइन् ।

Advertisement
NiccNicc

फागुन २० बाट शुरु भएको माओवादी बैठक पहिलो दिन अध्यक्ष प्रचण्डले समसामायिक राजनीतिक रिपोट राख्द्यै एमसीसी अनुमोदनमा जानु पर्नाका कारण बारे केन्द्रीय सदस्यहरुलाइ जानकारी गराएका थिए । प्रचण्ड लगत्तै बोलेका बरिष्ठ नेता नारयण काजी श्रेष्ठले भने प्रचण्डले एमसीसी का विषयमा लिएको निर्णयमा अहमति जनाउँदै मौखिक असहमति जनाएका थिए । अन्य नेताहरु कृष्णवहादुर महरा, लिलामणि पोखरेल हरुले फरक मत राखेका थिए ।

केन्द्रीय समितिको पूर्ण, पोलिटब्यूरो, स्थायी समिति पदाधिकारी चयन, स्थानिय निर्वाचन रणनीति र अन्य विविधिमा छलफल गर्न बोलाईएको बैठक अव पदाधिकारी भने चयन नगरी सकिने भएको छ । तीन दिन बैठक रोकेर माओवादीले पूुर्व स्थायी समिति सदस्यहरु सम्मको छलफल गरेर पदाधिकारीमा सहमति प्रयास गरेपनि असम्भव भएपछि चुनाव पछि मात्र पदाधिकारी चयन गर्ने गरी बैठक सक्ने तयारीमा माओवादी छ ।

प्रतिक्रिया