सोमबार, वैशाख २८, २०८३

प्रचण्डका ज्वाईँ केन्द्रीय सदस्यमा प्रस्ताव, अनुमाेदन भएन

मेरोन्यूज २०७८ फागुन २३ गते १५:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाईँ जीवन आचार्यलाई केन्द्रीय सदस्य प्रस्तावित गरेकाे छ ।

Advertisement
NiccNicc

शुक्रबारदेखि काठमाडौंमा चलिरहेको केन्द्रीय समिति बैठकमा सोमवार आचार्यसहित ९७ जनालाई केन्द्रीय सदस्य थप गर्न प्रस्ताव गरिएकाे थयाे । प्रदेश १ बाट केन्द्रीय सदस्य प्रस्तावित आचार्य प्रचण्डका आफ्नै कान्छी छोरीका श्रीमान् हुन् ।

आचार्यलाई यसअघि प्रदेश निर्वाचनमा प्रदेश सदस्यको उम्मेदवार बनाउन खोजेको भन्दै आलोचना भएको थियो ।

अन्तिम समयमा भने ५० जना मात्रै केन्द्रीय सदस्य थपिने भएपछि छाेरी ज्वाइँकाे नाम अनुमाेदन हुन नसकेकाे एक सदस्यले बताए ।

साेमवारकाे केन्द्रीय समिति बैठकमा प्रचण्ड परिवारकै गंगा दाहाललाई पनि केन्द्रीय सदस्य प्रस्ताव गरिएकाे थियाे ।

प्रतिक्रिया