बिहीबार, माघ ८, २०८२

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु

मेरोन्यूज २०७८ फागुन २३ गते १७:४१
फाइल तस्विर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ ।

पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए ।

प्रवक्ता खतिवडाले कार्यकर्ताहरुलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।

प्रतिक्रिया