निर्वाचन तयारी
कांग्रेसलाई फाइदाः मतपत्रमा हरियो रंगको चुनाव चिन्ह

काठमाडौं । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ । सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई फाइदा हुने गरी निर्वाचन आयोगले मतपत्रमा हरियो चिन्ह प्रयोग गर्न लागेको छ ।
नेपाली कांग्रेसको चुनाव चिन्ह रुख हरियो हुने भएकाले मतदातालाई चिन्ह सजिलो हुने गरी आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राखेको हो । सोमवार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने जानकारी दिए ।
आयोगका सूचना अधिकारी अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए ।
मतदाता नामावली अद्यावधिक दाबी बिरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने निर्णय भएको पनि उनले बताए ।
निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नका लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरु मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि अर्यालले बताए ।
आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया