आइतबार, माघ ४, २०८२

काठमाडौँमा पाँच जनाद्वारा सामूहिक आत्महत्याको आशंका, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ फागुन २४ गते ७:४३

काठमाडौँको नागार्जुन नगरपालिका ६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । जसमा एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले सामूहिक आत्महत्याको प्रयास गरेका थिए । तर, ३३ वर्षीय सुवर्णमान प्रधानको मात्र मृत्यु भएको छ ।

अन्य ६३ वर्षीया इन्द्रमाया, ३८ वर्षीय भीममान, ३३ वर्षीया मन्दिरा र ११ वर्षीया सुप्रिया बेहोस भएकाले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार राति साढे १० बजे उनीहरूले विष खाएको हुन सक्ने प्रहरीले जनाएको छ । घरभित्र विषका बोतलहरु भेटिएको छ । उनीहरुको स्थायी घर काठमाडौँको डल्लु भए पनि रामकोटस्थित डाडापौवामा फ्ल्याट भाडमा लिएर बस्दै आएका थिए ।

प्रतिक्रिया