रामकोट घटना : ‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ’ लेखिएको सुसाइड नोट फेला

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना घरभित्र बेहोस अवस्थामा भेटिएकामध्ये चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । एक जनाको भने मृत्यु भएको छ ।
उनीहरूलाई प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि पुर्याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो ।
घटनामा ६२ वर्षीय इन्दिरामाया, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था गम्भिर रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
काठमाडौँ डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकदेखि रामकोटमा डेरामा बस्दै आएका थिए ।
घटना स्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । नोटमा उनीहरूले ‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ’ लेखेका थिए ।
घटना आर्थिक अवस्था बिग्रिएपछि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया