प्रधानमन्त्री देउवा र प्रचण्ड भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन २४ गते १८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आसन्न निर्वाचनमा गठबन्धन कायमै राखेर निर्वाचनमा जाने भनिए पनि कांग्रेस नेताहरुले गठबन्धन हुन नसक्ने बताइरहेकाबेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
कांग्रेसले आज मात्रै निर्वाचन लक्षित एक महिने अभियान चलाउने निर्णय गरेको छ ।
यसअघि गठबन्धन जोगाउनकै लागि प्रचण्ड पार्टीभित्रको विवाद खेपेर पनि एमसीसी पास गर्न सहमत भएका थिए ।
कांग्रेसका संस्थापन इतर पक्षका नेताहरु आसन्न निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् ।
सम्बन्धित
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिँदै
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया