आइतबार, माघ ४, २०८२

बनमा आगो निभाउँदा एक जनाको मृत्यु, एक गम्भीर

मेरोन्यूज २०७८ फागुन २४ गते २०:५७

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–५ स्थित सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

भिरखर्क सामुदायिक वनमा आगो निभाउने क्रममा मंगलबार दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सोही आगलागीमा परी मृतक बोहराका भाई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याइएको छ ।

प्रतिक्रिया