शुक्रबार, पुष १८, २०८२

आज मेष राशीलाई मानसम्मान, तपाईको राशी कस्तो ?

मेरोन्यूज २०७८ फागुन २५ गते ७:२२

काठमाडौं । २५, फागुन २०७८, बुधबार। तद्नुसार मार्च ९ तारिक २०२२ । फागुनशुक्लपक्ष सप्तमी, गर करण, कृतिका नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२० मा भएको छ भने सूर्यास्त ०६ः०८ मा हुनेछ । आज १२ः१५ देखि १ः४४ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । बुधबारको दिन घर गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुन्छ । सोमखेती बुध घर भनिन्छ ।

मेष
मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ ।

वृष
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक लाभ हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । आजको दिन चन्द्रमाको साथ रहेको छ । त्यसैले सूर्यनारायणको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज शुरुवात गरेको काम समयमा सकिनेछ ।

मिथुन
यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ ।

कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु नैं वेश हुनेछ ।

सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु
व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।

मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ
कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन
विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । यात्राको लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।

प्रतिक्रिया