कांग्रेस धनुषा जिल्ला अधिवेशन:देउवा निधिनिकट उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८,सभापति शेरबहादुर देउवानिकट उम्मेदवार सन्तोष यादव सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् ।
कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको कांग्रेसका जिल्ला निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको पार्टी विधान अनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकोले दोस्रो चरणमा सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउन सन्तोषकुमार यादवबीच पुनः मतदान हुने छ भने दोस्रो चरणको मतदानबाट बाहिरिएका छन् ।
निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समय समेत तोकेको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बेजेदेखि ११ बजे सम्मको समय तोकिएको बताए ।
















यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया