कांग्रेस धनुषा जिल्ला अधिवेशन:देउवा निधिनिकट उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८,सभापति शेरबहादुर देउवानिकट उम्मेदवार सन्तोष यादव सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् ।
कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको कांग्रेसका जिल्ला निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको पार्टी विधान अनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकोले दोस्रो चरणमा सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउन सन्तोषकुमार यादवबीच पुनः मतदान हुने छ भने दोस्रो चरणको मतदानबाट बाहिरिएका छन् ।
निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समय समेत तोकेको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बेजेदेखि ११ बजे सम्मको समय तोकिएको बताए ।
















देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया