चिनियाँ र अमेरिकी राजदूतको दौडधुप
प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

काठमाडौं । एमसीसी पास हुनुभन्दा अघि जसरी राजदुतहरुको दौडधुप थियो । पुन त्यो क्रम पुन: दोहोरिएको छ । आज बिहानै (साढे आठदेखि ९ बजेसम्म) करिब आधा घण्टा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा मन्त्री कार्की र बेरीबीच भेटवार्ता भएको हो ।
त्यसैगरी, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेकिछिन् । प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दियो ।
विदेशमन्त्री वाङ यही चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने तयारी छ । चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन वाङ आउन लागेको बताइएको छ ।
अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन भएलगत्तै उत्तरी छिमेकका विदेशमन्त्रीबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
चिनियाँ राजदूत यान्छीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्तामा वाङको भ्रमणका सम्बन्धमा जानकारी गराएकी थिइन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको २०७६ असोज तेस्रो साता भ्रमण हुनुपूर्व भदौ तेस्रो सातामा विदेशमन्त्री वाङ नेपाल आएका थिए । बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो ।
















Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया