युईएफए च्याम्पियन्स लिग : रियल मड्रिड र पीएसजी भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति दुई महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ ।
स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरु हुनेछ । यसअघि १६ फेब्रुअरीमा भएको पहिलो लेगमा फ्रेन्च लिग लिडर पीएसजीले घरेलु मैदानमा १(० को अग्रता बनाएको थियो ।
स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएको खेलको अन्तिम समयमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
क्वाटरफाइनल प्रवेशका लागि पीएसजीलाई बराबरी काफी छ भने रियललाई कम्तिमा २-० को जित हात पार्नुपर्नेछ । यदि खेल बराबरीमा समाप्त भए पीएसजी अन्तिम आठमा स्थान बनाउनेछ ।
यसैले घरेलु मैदानमा रियल पूर्ण रुपमा दबाबमा हुनेछ । पीएसजीविरुद्ध रियलका कासेमिरो र टोली क्रुस दुबै उपलब्ध हुने छैनन् । कासेमेरो निलम्बनमा परेका छन् भने क्रुस ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका छन् । इडुआर्डो कामाभिङ्गा र फेडेरिको भाल्भर्डे भने उपलब्ध हुनेछन् ।
कार्लो एन्सेलोटीको टिममा करिम बेन्जेमा, भिनिसिअस जुनियर, मार्को एसेन्सियो, लुका मोड्रिक लगायत खेलाडी उपलब्ध हुनेछन् ।
यता, माउरिसियो पोचेटिन्होको टोलीमा चोटका बाबजुद पनि केलियन एम्बाप्पे मैदान उत्रँदै छन् । अभ्यास क्रममा खुट्टाको चोट बोकेका एम्बाप्पे खेल्दा रियलका पूर्व कप्तान सर्जियो रामोस भने उपलब्ध हुने छैनन् । पहिलो लिगमा समेत रियलविरुद्ध खेल्न नपाएका रामोस् दोस्रो लेगमा समेत टिम बाहिर छन् ।
रियलविरुद्ध पीएसजीको अग्रपंक्ति नेयमार, लियोनल मेस्सी र एम्बाप्पेले नै सम्हाल्ने सम्भावना उच्च छ । यस्तै उनीहरूलाई मार्को भेराट्टी, इड्रिशा गुयेले सहायता गर्नेछन् ।
आज राति एकै समयमा हुने अर्को खेलमा म्यानचेष्टर सिटी र स्पोर्टिङ सीपीबीच प्रतिस्पर्धा हुनेछ । इंग्लिस प्रिमियर लिग लिडर सिटीले पोर्चुगिज क्लबविरुद्ध पहिलो लेगमै ५-० को अग्रता बनाएको छ । दोस्रो लेगमा समेत सिटी घरेलु मैदानमा सहज जितको खोजीमा हुनेछ ।









पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया