कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट बहुमतले पास भएको हो ।
तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए । १ असारमा प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो ।
सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको २८ फागुनमा ६० दिन पुग्नुअगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।
अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।
















यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया