राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी

काठमाडौं,
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय टोली चोनबुरी एफसीसँग खेल्ने तालिका छ । दुबै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यसअघि नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसको दुबै खेलमा नेपालले पहिलो आधिकारिक अफ्रिकी पाहुना टोलीविरुद्ध १–० को जित निकालेको थियो ।
एएफसी एसियन कप छनोटको ‘ड्र’ सार्वजनिक भइसकेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितीन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया