तारागाउँ विकास समितिको सदस्य सचिवमा लुईटेलको नियुक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुईटेललाई नियुक्त गरेको छ । लुईटेलले पर्यटन मन्त्री प्रेम आलेले ४ बर्षको लागि बुधबार नियुक्त गरेका हुन्।
मन्त्रीस्तरीय निर्णयका आधारमा तारागाउँ विकास समितिमा नियुक्त भएका लुईटेलले यसअघि सदस्य सचिव हुँदा हयात रिजेन्सी होटलले गैरकानुनी रुपमा १ सय ५० रोपनी समितिको जग्गा अतिक्रमण गरेको विवरण सार्वजनिक गरी साहसिक काम गरेका थिए ।
मन्त्रिपरिषद्को निर्णय बिना गैरकानूनीरुपमा तारागाउँ विकास समितिका तत्कालीन अध्यक्ष अंगुरबाबा जोशीले हयात रिजेन्सी होटलको नाममा राजीनामा पास गरेको बौद्ध चुच्चेपाटीको १५० रोपनी जग्गाको खोजीनीति लुईटेलले नै गरेका थिए ।
लुईटेलकै सक्रियतामा उक्त जग्गा फिर्ता गर्नका लागि संसदको अन्तर्राष्ट्रिय समितिले हालका सभामुख अग्निप्रसाद सापकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनका आधारमा संसदको अन्तर्राष्ट्रिय समितिले २०७५ चैत २४ मा गलत ढंगले दर्ता गरिएको १५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया