बुधबार, पुष १६, २०८२

बेरोजगार सूचीकृत हुन सरकारले खोल्यो निवेदन (सूचनासहित)

फागुन महिना भित्र निवेदन दिन सरकारको आग्रह

मेरोन्यूज २०७८ फागुन २६ गते ८:१०

काठमाडौं । तपाई १९ वर्ष देखि ५९ वर्ष उमेर समुहको हुनुहुन्छ ? अनि के तपाई यो उमेर समुहमा बेरोजगार वसिरहनुभएको छ ? यदि छ भने र बेरोजगार सूचीमा सूचीकृत हुन चाहनुभएको छ भने सूचीकृत हुनका लागि आवेदन खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचिकृत हुन आग्रह गदै आवेदन खोलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयले त्यस्तो सूचना आज जारी गरेको हो ।

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

फागुन महिना भरी आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया