दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५० प्रतिशत अनुदानमा ट्यांकर

जुम्ला,
महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएकाे हाे ।
ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको उनकाे भनाइ छ । कार्यालयले ३०लाख ६० हजार मूल्यको ट्यांकर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।
वातावरण अनुकूलित दुवानी साधन, खरिद जडान अनुदन कार्यक्रममार्फत दुध किसानले पाएकाे उनले बताए । ‘हामीले प्रस्तावना मागेका थियौ । जसमा ६ जनाले निवेदन दिएका थिए,’ उनले भने । सबैभन्दा बढी अंक ल्याएर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल छनोट भएकी उनकाे भनाइ छ ।
मनकोइला धितालले भनिन्, ‘अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’ धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पुर्याउन थालिएकाे छ । यसअघि सदरमुकाम भित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको थियो । धितालले सञ्चालन गरेको डेरीमा ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने गर्छ ।













सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया