दल दर्ताको निवेदनमाथिको जाँच अन्तिम चरणमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलहरूको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम २०७८ अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्रमध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रियाअगाडि बढेको आयोगको भनाई छ ।
स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावली हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको हो ।
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया