जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान
मेरोन्यूज
२०७८ फागुन २६ गते २०:०८

सप्तरी । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो । ८ वर्षदेखि फरार रहेका यादवलाई खोज तलासको क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया