सरकारको नियन्त्रणमा नभएको माग राख्ने होइन : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एउटै निर्माण व्यवसायीले बढीमा पाँच वटा आयोजना मात्र लिन पाउने बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
यस्तै, उनले निर्माण व्यवसायीहरूले सरकारको नियन्त्रणभन्दा बाहिरको माग राखेर ‘होली डे’ मनाउन नहुने बताइन । ‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन, भारतीय मुद्राको अवमूल्यन हुँदा डलरको मूल्य बढ्दा हाम्रो अर्थतन्त्रमा चाप परेको छ, सरकारको नियन्त्रणमा सबै कुरा रहेको छैन,’ उनले भनिन्, ‘सरकारको नियन्त्रणमा नरहेको कुरा तपाईहरूले दाबी गर्ने होइन, सहकार्य गरेर काम गर्ने हो ।’
उनले सरकारले निर्माण व्यवसायीका लागि धेरै सहयोगी काम गरेको बताइन् । उनले आगामी दिनमा निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गरी काम गर्नु पर्ने बताएकी थिइन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया