आयल निगमको निर्देशक भए थानी

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले थानीलाई निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । विहीबारको मन्त्रिपरिषदको निर्णय सरकारले आज मात्रै सार्वजनिक गरेको हो ।
त्यस्तै, सरकारले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने लागेको इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथौँ सत्रमा भाग लिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई पठाउन लागेको छ ।
यूनाइटेड नेशन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एण्ड द सस्टेनीबुल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवान्ट नेशनल जेरिडिक्शन बीबीएन्जी अन्तर्गत इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथौँ सत्र सुरु हुँदैछ ।
बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेशन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एशिया स्पेशिफिकमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने, बीउबिजनको किसिम वा जाँच सुचित गरी प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आए बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागि हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको छ ।
साउदी अरबका परराष्ट्रमन्त्रीबाट २०७८ फागुन ३० देखि चैत १ सम्म गर्ने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने तथा नेपाल र साउदी अरब सरकारबीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि गरिएको छ ।
यसैगरी, २०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेण्ट स्टाटेजी प्रिपेटरी मिटिङ सम्बन्धी कार्यमा सहभागी हुन सचिव डा. पेम नारायण कँडेललाई स्वीकृत दिइने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने, फोहोर महिला व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने, राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दीटेरिज स्वीकृत गर्ने र पत्रकार दुर्घटना बीमा व्यवस्थापी पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार सरकारले निजामति कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ गर्ने, औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।













रवि, बालेन र कुलमानबीच सहमति
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया