नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित

काठमाडौं,
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त-११ विरुद्ध ९२ रनले पराजित भएको छ ।
लगातार चौथो खेल जित २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ ओभर २ बलमा १४० रन बनाउंदा सबै विकेट गुमायो ।
नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाउदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान एक रन बनाए ।
श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो ।
श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।
यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।
नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
नेपाल टिम:
कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख
श्रीलंका कम्बाईन ११
कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत रहेका छन् ।
















धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया