मंगलबार, पुष १५, २०८२

मंगलम वायरसेफ नेपाली बजारमा

मेरोन्यूज २०७८ फागुन २७ गते १९:१४

काठमाडौँ । सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा पोलीमर पाइपिंग उत्पादक कम्पनी मंगलम इण्डस्ट्रिजले मंगलम वायरसेफ बजारमा ल्याएको छ ।

कम्पनीले सातौँ नेपाल बिल्डकन एक्स्पोमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले “मंगलम वायरसेफ” लञ्च गरेकी हुन् ।

शुक्रबारदेखि भृकुटी मण्डपमा जारी एक्सपोमा मंगलमको सहभागिता रहेको छ । एक्सपो आइतबारसम्म चल्नेछ ।

वायरसेफ विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा आफूहरु अत्यन्तै उत्साहित भएको उल्लेख गरे ।

वायरसेफको उपलब्धतासँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने उनले विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया