शनिबार, वैशाख २६, २०८३

विप्लवका प्रवक्ताले गृहमन्त्रीलाई भेटे, विप्लवसहितको टोली बालुवाटारमा

मेरोन्यूज २०७८ फागुन २७ गते १९:२२

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको मन्त्रालय स्रोतले बताएको छ ।
छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए ।

Advertisement
NiccNicc

गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा आजै नेत्रविक्रम चन्द विप्लवसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेको छ ।

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल टोलीबीच भएको छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डे सहभागी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।

प्रतिक्रिया