याे साता नेप्से परिसूचक २० अंकले घट्यो

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजारमा मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ ।
अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ । यो साता चार दिन मात्रै कारोबार भएको छ ।
चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ ।
पछिल्लो दुई साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा यो साताको अन्तिम कारोबारको दिन बिहीवार ५० अंक भन्दा बढीले बढेको थियो ।
साताको अन्तिम कारोबारको दिन बिहीवार ५२.३१ अंकले नेप्सेमा वृद्धि भएर २ हजार ५६६.९० विन्दुमा रोकिएको छ । यो साताको बिहीवारसम्मको कारोबारमा २०.३ अंकले गिरावट आएर २ हजार ५६६.९० विन्दुमा झरेको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको थियो ।
नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक अंक बढेको थियो भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको थियो ।
आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको थियो । नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको थियो ।
सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलवार भने अन्तर्राष्ट्रिय ११२ औँ महिला दिवस परेकाले शेयर कारोबार बन्द भएको थियो ।
नेप्से परिसूचक बुधबार ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।
बिहीबार कारोबारमा २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
पछिल्लो सातामा २०.३ अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले २ खर्ब ९ अर्ब ९३ करोड अधिक पुँजी गुमाएका छन्।
गत साताको अन्तिम कारोबारसम्म ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको विहीबारको कारोबारपछि ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।

















तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया