नवौं राष्ट्रिय खेलकुदको पूर्वतयारीमा लागे गण्डकीका मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारीमा लागेका छन् ।
राष्ट्रिय खेलकूदको तयारीका क्रममा उनले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई भेट गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र संघीय सरकारका खेलकूदमन्त्रीबीच पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको मन्त्री गहतराजको सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने तयारी भइरहेको जानकारी गराउँदै मन्त्री गहतराजले आवश्यक तयारीकालागि समन्वय गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।
स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो साता मात्रै प्रतियोगिता संचालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री गहतराजले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।
स्थानीयस्तरबाटै खेलाडीहरु छनौट भएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले तत्काल स्थानीय तथा प्रदेशस्तरका खेल गतिविधि समेत सञ्चालन गर्नुपर्ने मन्त्री गहतराजको भनाइ छ ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता संचालन गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरे ।
केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारीक रुपमै तयारी सुरु गर्ने बताए ।
उक्त छलफलमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा लगायतको सहभागीता थियो ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया