भन्सार विभागको परीक्षा स्थगित
मेरोन्यूज
२०७८ फागुन २८ गते ७:०४

काठमाडौँ । भन्सार विभागले आज भएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको भन्दै परीक्षा स्थगित गरिएको हो ।
विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर, उच्च अदालत पाटनबाट फागुन २६ मा विभागसमेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ ।
भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया