बिहीबार, माघ ८, २०८२

भन्सार विभागको परीक्षा स्थगित

मेरोन्यूज २०७८ फागुन २८ गते ७:०४

काठमाडौँ । भन्सार विभागले आज भएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको भन्दै परीक्षा स्थगित गरिएको हो ।

विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर, उच्च अदालत पाटनबाट फागुन २६ मा विभागसमेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया