गृह जिल्ला जाँदै गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण आज शनिबार रुपन्देही जाने भएका छन् । उनी शनिबार बिहान गृहजिल्ला रुपन्देही जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
गृह जिल्ला रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री खाँण सवा सात बजे बुद्ध एयरबाट भैरहवा जाने कार्यक्रम तय भएको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनी बिहान १० बजे भैरहवामा आयोजना हुने रुपन्देही युवा समूहको हिरोज अफ पब्लिक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने छन् । त्यस्तै, उनले दिउँसो एक बजे लुम्बिनी सांस्कृतिक नगरपालिका ६ निर्माण हुन लागेको १५ शैय्याको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
साथै त्यो कार्यक्रम पश्चात रोहिणी गाउँपालिका ३ धकधइ चोकमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा खाँण सहभागी हुने छन् ।
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया