गण्डकीका मुख्यमन्त्री भन्छन्– गठबन्धन गरेरै चुनावमा जानुपर्छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।
तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरु हुन सक्छन् ।’
अहिलेसम्म गठबन्धनको संस्कार नभएकोले केही असहज जस्तो लागेपनि यस्ता घटना पहिलेपनि भएको उनले सुनाए ।
‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रियसभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’
‘यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन थियो’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भने, ‘ तर संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होइन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व कांग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।’
कम्युनिष्टहरुले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अब कांग्रेसले गर्ने पोखरेलको दावी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाई छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया