शुक्रबार, माघ ९, २०८२

ब्राउन सुगरसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ फागुन २९ गते ९:२९

झापा । जिल्लाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागु औषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा ४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया