माधव नेपालले त्याग गर्नु पर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस पनि सहभागी हुने भएपछि अध्यक्ष नेपालले केही त्याग गर्नु पर्ने बताए ।
‘नेपाली कांग्रेसले अब स्थानीय निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा पनि हाम्रो सहभागी हुनु पर्यो भन्नु भएको छ, किनकी सबै प्रदेशमा गठबन्धन पार्टीको प्रतिनिधित्व छ, सुदूरपश्चिममा नेपाली कांग्रेसको सहभागी छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘यस विषयमा गम्भीर ढंगले छलफल भयो, अहिले यहाँ समाजवादीका मन्त्रीहरू धेरै हुनुहुन्छ, त्यस कारण समाजवादीले नै वा माधव नेपाल ज्युले नै कति सकिन्छ अब त्याग गर्ने पालो तपाईको आयो भन्ने कुरा आयो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको बताए । उनले नेकपा एसका अध्यक्ष नेपालले पार्टीका छलफल गरी सुदूरपश्चिममा कांग्रेसलाई सहभागी गराउनेबारे जानकारी दिने बताए ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया