बिहीबार, माघ ८, २०८२

जन्ती बोकेको टिपर दुर्घटनामा दुई जनाको मृत्यु, २४ जना घाइते

मेरोन्यूज २०७८ फागुन ३० गते १०:५९

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुरखोलामा आइतबार साँझ जन्ती बोकेको टिपर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भिर घाइते चार जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको बिराटनगर कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला र बेहुली अर्कै गाडीमा सवार रहेका थिए ।

प्रतिक्रिया