शनिबार, माघ १०, २०८२

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु

मेरोन्यूज २०७८ चैत १ गते ७:५६

काठमाडौँ । युक्रेनी सेनाको मिसाइल प्रहारमा परी २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे ।

दोनेत्सक रुसी समर्थक बिखण्डनकारीको पकड रहेको क्षेत्र हो । युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् ।

सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया