काठमाडौंमा होली : १७ सय प्रहरी परिचालन, जबरजस्ती रङ दल्नेलाई मुद्दा
निगरानी राख्न सादा पोसाकका प्रहरी परिचालन हुने

काठमाडौं । प्रहरीले होली पर्वका लागि काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुने भएको छ । होलीको दिन हुने भिडभाड र कोलाहालका बिच हुने अवैध कार्य नियन्त्रणका लागि काठमाडौंको विभिन्न स्थानहरुको १७ सय प्रहरी परिचनालन गर्ने भएको हो ।
वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । १७ सयबाहेक रिजर्भ फोर्ससमेत सुरक्षाका लागि परिचालन गरिने प्रहरीले बताएको छ ।
त्यस्तै होलीमा जबरजस्ती रङ दल्नेलाई मुद्दा चलाउने भएको छ । होली पर्वलाई अमर्यादिन ढंगबाट मनाउने वा जबरजस्ती अरुको अनुमतिविना रङ दल्ने वा लोला हान्नेलाई प्रहरीले अभद्र व्यवहारमाको मुद्धा चलाउने भएको हो । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुने प्रहरीले जनाएको छ ।
होलीमा इच्छाविपरीतका कार्य भए प्रहरीले कानुनी कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
एसपी मैनालीले भने,‘पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ । र इच्छाविपरित रङ दल्नेलाई अभद्र व्यवहारको मुद्धा चलाइने छ ।’
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया