चीनमा कोभिडको त्रास : ३ करोड मानिस लकडाउनको मारमा

काठमाडौँ । बढ्दो कोरोना भाइरस संक्रमण दरका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिब तीन करोड जनसंख्या भएको क्षेत्र लकडाउनमा छन् । मंगलबार मात्र पाँच हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।
यो सोमबारको तुलनामा दोब्बर संख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो ।
मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्ण रुपमा लकडाउन गरिएको छ । अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ तीन हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।
त्यस्तै, ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका बासिन्दालाई घरमै बस्न भनिएको छ । एक करोड ७५ लाख मानिसको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।
उता, चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ । बाँकी विश्वको धेरैजसो ठाउँमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डर लाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।
















अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया