युक्रेनको किभमा ३५ घण्टे कर्फ्यु जारी
काठमाडौं । युक्रेनको राजधानी किभमा ३५ घन्टे कर्फ्यु लगाइएको छ । किभका मेयर किटाली क्लित्स्कोले अहिलेको अवस्था कठीन र भयावह भएकाले किभमा ३५ घण्टे कर्फ्यु लगाइएको बताएका हुन् ।
पछिल्लो केहि दिनयता रुसी सेनाले किभमा आक्रमण गरिरहेका छन् । ‘आजको दिन हाम्रा लागि अत्यन्तै कठिन र भयावहपूर्ण छ‚’ मेयर क्लित्स्कोलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

रुसले किभमा रहेको आवासीय भवन र मेट्रो स्टेसनमा हमला गरेपछि युक्रेनले ३५ घण्टासम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो । युक्रेनको आपत्कालीन सेवाका अनुसार भवनमा गरिएको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
रुसी फौजले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन शनिबारदेखि आक्रमण तीव्र पारेको छ ।आक्रमण सुरु गरेको १७औं दिनमा किभको बाहिरी क्षेत्रमा दुई देशका सेनाबीच भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायती रक्षा मन्त्रालयले किभको उत्तरी क्षेत्रमा रहेका रुसी फौज तितरबितर भएका दाबी गरेको छ । सहरलाई घेराबन्दीमा पार्ने प्रयासका लागि फौज बाँडिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।
त्यस्तै, खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी फौजको घेराबन्दीमा परेका बीबीसीले जनाएको छ । रुसी आक्रमण जारी रहेका ती सहरहरूको तापक्रम निकै घटेको र कठ्यांग्रिँदो चिसोमा मानिसहरू बिजुली र पानीबिना बस्न बाध्य भएका जनाइएको छ । रुसले आंशिक युद्धविरामको घोषणा गरे पनि युक्रेनका मुख्य सहरहरूमा लगातार आक्रमण गरिरहेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया