सुनकाे मूल्य ओरालाे, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । सुनकाे मूल्य याे साता ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा मंगलबार छापावाल सुनकाे मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा काराेबार भएकाे संघले जनायाे ।
मंगलबारकाे तुलनामा बुधबार ताेलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेकाे छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ ।













बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया