सम्मेलन सकेको ४ महिनापछि माओवादीको लुम्बिनी प्रदेशले पायो पदाधिकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेशको पदाधिकारी चयन गरेको छ । प्रदेश सम्मेलन सकिएको ४ महिनापछि माओवादीकाके लुम्बिनी प्रदेशले पदाधिकारी पाएको हो ।
लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल मगर, ती जना उपाध्यक्षमा दुर्गा थारु कबिर, लुमाकान्त न्यौपाने (सागर) र वीर बहादुर खत्री चयन भएका छन् ।
त्यस्तै, सचिवमा कृष्ण अधिकारी (प्रकाश) र तीन जना सहसचिवमा अक्कल बहादुर बम, काशीराम यादव र पार्बती बिक तथा कोषाध्यक्षमा निर्दोष अलि चयन भएका छन् ।
दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा गुल्मीका बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।
बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया