एमसीसी रोक्न ओलीलाई भेट्न जाँदा पूरै अपमान गरे : प्रचण्ड

काठमाडौँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अमेरिकी सहयोग परियोजना एमसीसी रोक्न अनेक प्रयास गरेको बताएका छन् । काठमाडौँको प्रज्ञा भवनमा आयोजना पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूले एमसीसी अनुमोदन रोक्न नसकेको बताए ।
अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिएर भए पनि एमसीसी रोक्न खोजेको खुलासा गरेका छन् । एमसीसीको सकसबारे कार्यकर्तालाई बुझाउँदै उनले एमसीसी अनुमोदन हुन नदिने सबै प्रयास असफल भएपछि गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीको बाटो लिएको बताए ।
प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री दिएर भए पनि एमसीसी रोक्ने प्रयास गरेको तर, पूरै अपमान गरेपछि सर्प पनि मर्ने, लाठी पनि नभाँचिने बाटोमा पुगेको बताएका थिए ।
ओलीसँग कुरा गर्न जाँदा सभामुखले राजीनामा दिनुपर्ने, नेकपा एसका १४ सांसदको पदमुक्तिको सूचना टाँस्नुपर्ने र नेकपा कालमा ओलीमाथि लगाएको १९ बुँदे अभियोगपत्र फिर्ता लिनुपर्ने शर्त राखेपछि फर्केको उनले बताए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया