एमसीसी रोक्न ओलीलाई भेट्न जाँदा पूरै अपमान गरे : प्रचण्ड

काठमाडौँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अमेरिकी सहयोग परियोजना एमसीसी रोक्न अनेक प्रयास गरेको बताएका छन् । काठमाडौँको प्रज्ञा भवनमा आयोजना पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूले एमसीसी अनुमोदन रोक्न नसकेको बताए ।
अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिएर भए पनि एमसीसी रोक्न खोजेको खुलासा गरेका छन् । एमसीसीको सकसबारे कार्यकर्तालाई बुझाउँदै उनले एमसीसी अनुमोदन हुन नदिने सबै प्रयास असफल भएपछि गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीको बाटो लिएको बताए ।
प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री दिएर भए पनि एमसीसी रोक्ने प्रयास गरेको तर, पूरै अपमान गरेपछि सर्प पनि मर्ने, लाठी पनि नभाँचिने बाटोमा पुगेको बताएका थिए ।
ओलीसँग कुरा गर्न जाँदा सभामुखले राजीनामा दिनुपर्ने, नेकपा एसका १४ सांसदको पदमुक्तिको सूचना टाँस्नुपर्ने र नेकपा कालमा ओलीमाथि लगाएको १९ बुँदे अभियोगपत्र फिर्ता लिनुपर्ने शर्त राखेपछि फर्केको उनले बताए ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया