पेट्रोल र डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गर्ने तयारी

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाउने भएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै मूल्य वृद्धि हुने भएको हो ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा पाँच रुपैयाँ मूल्य वृद्धि गर्ने भएको हो । निगमका अनुसार अन्य पेट्रोलिय पदार्थको मूल्य यथावत हुने भएको छ ।
योसँगै अब अब पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढेर १५५ रुपैयाँ कायम हुने भएको छ । यस्तै, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँले नै बढेर १३८ रुपैयाँ कामय हुने भएको छ ।
आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया