पल शाहको बैंक खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

काठमाडौं । अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।
बिहीबार जिल्ला अदालत, नवलपुर पूर्वमा दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ रहेको देखिएको छ ।
शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि अभियोगपत्रमा भनिएको छ ।
एक नाबालिकामाथि जबरजस्ती करणी गरेको भनि उजुरी दिएपछि फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो । पल विरुद्ध नवरपुर र तनहुँमा उजुरी परेको थियो । सरकारी वकिलले हिजो नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता गरेको थियो ।
















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया