पल शाहको बैंक खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

काठमाडौं । अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।
बिहीबार जिल्ला अदालत, नवलपुर पूर्वमा दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ रहेको देखिएको छ ।
शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि अभियोगपत्रमा भनिएको छ ।
एक नाबालिकामाथि जबरजस्ती करणी गरेको भनि उजुरी दिएपछि फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो । पल विरुद्ध नवरपुर र तनहुँमा उजुरी परेको थियो । सरकारी वकिलले हिजो नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता गरेको थियो ।










सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया