महोत्तरीका सबै स्थानीय तहकाे ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च

महोत्तरी । महोत्तरी जिल्लाको एक तथ्यांकअनुसार सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन ।
गौशाला नगरपालिकाको औरही पुलदेखी-गौशाला मरहा पुलसम्म बनेको करिब सात किलोमिटर सडकले स्थानीय सरकारको कार्यकालभरि कै नमुना कामको पहिचान बनाएको छ । करिब तीन करोड लगानीमा बनेको यस कालोपत्रे सडकले चारवटा वडाका ३० हजार जनसंख्यालाई विकटताबाट उद्धार गरेको छ ।
वडा न.१, ३, ४, ६ लाई छोएको सडक सञ्जाल नगरपालिकाको मूख्य सडकसम्म मात्र जोडिएको छैन, किसानहरूका उत्पादित वस्तुलाई स्वेच्छाले बर्दिबास तथा लालबन्दीसम्म पुगेर बेच्नका लागि सहज बनाइदिएको छ ।
ञजताततै सडक सञ्जाल बनाएर मात्र विकाश हुने होइन, त्यसको उपयोगिता जनतालाई कसरी राहत दिइरहेको छ भन्ने मूख्य विषय हो, नगरपालिकाका नगरप्रमुख सिवनाथ महतो बताउँछन् ।
हुन त स्थानीय सरकारको कार्यकालभरिको उन्नतिलाई हेर्ने हो भने अन्य पालिका जस्तै यहाँ पनि अधिकतम बजेट सडक सञ्जाल विस्तार गर्नमा नै खर्च भएको छ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सुरुको वर्षमा खासै सडक सञ्जाल विस्तारमा ध्यान नदिए पनि दोस्रो आर्थिक वर्षवाट सडक निर्माणमा ठूलो रकम खर्च भयो । पाँच वर्षसम्म आइपुग्दा लगभग ३० करोड रकम सडक सञ्जालमा नै खर्च भएको छ ।
अहिलेसम्म आइपुग्दा पालिकामा करिब ३० किलोमिटर सडक ढलान भएको छ भने यो आर्थिक वर्षसम्म गरेर लगभग ११ किलोमिटर कालोपत्रे सडक बन्दै छ । सबै आर्थिक वर्षमा भएका कामहरूलाई जोड्ने हो भने २० किलोमिटरको हाराहारीमा सडक स्त्तरोन्नति तथा विस्तारका काम भएका छन् ।
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया