स्थायी शिक्षकको परीक्षामा परिचय पत्र पनि अनिवार्य
मेरोन्यूज
२०७८ चैत ४ गते १७:२८
काठमाडौँ । स्थायी शिक्षकको परीक्षाका परीक्षार्थीले प्रवेश पत्रसँगै परिचयपत्र पनि देखाउनु पर्ने भएको छ। शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेश पत्रसँगै आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरेको हो।
शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दै छ। परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ।
सोही आधारमा प्रवेश पत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमति पत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ।
सम्बन्धित
















पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया