पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीको भर्ना बन्द
काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ । कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो ।
यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नु पर्ने छ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले सेवा बन्द गराउँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणदरको अवस्थालाई हेरेर अन्य नियमित सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।
















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया