शनिबार, माघ १०, २०८२

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

मेरोन्यूज २०७८ चैत ४ गते २०:४१

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताए । अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ ।

राष्ट्रपति सिले अन्तर्राष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताए । उनीहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरूका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया