बंगलादेशसँग दक्षिण अफ्रिकाको हार

काठमाडौं । बंगलादेशले शुक्रबार राति दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय खेलमा ३८ रनको जित निकालेको छ । बंगलादेशले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा २७६ रनमा सीमित भयो ।
दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ८६ रन जोड्दा डेविड मिल्नरले ७९ रनको योगदान गरे । त्यस्तै, बभुमाले ३१ रन जोडे । बंगलादेशका लागि मेहदी हसन मिराजले चार, तास्किन अहमदले तीन,सोरिफुल इस्लामले दुई तथा महमदुल्लाहले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१४ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ७७ रनको योगदान गरे । त्यस्तै लिट्टन दार र यासिर अलीले समान ५० रन जोड्दा कप्तान तमिम इकबालले ४१ रनको योगदान गरे ।
यससँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया