दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत ५ गते १६:१६
काठमाडौँ । दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो।
प्युठानको माण्डवी गाउँपालिका २ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १२ यात्रु घाइते भएका छन्। ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो।
बसमा कति यात्रु थिए पत्ता लागेको छैन। घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन्।
दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया