टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु
काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंको मोटरसाइल आज दिउँसो ठोक्किएको थियो।
मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका ५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। किशोरीको घटना स्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका ८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका ५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए। उनका अनुसार घाइते दुवैको अवस्था सामान्य छ।
टिपर चालक बाँसगढी नगरपालिका ५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया